Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडा पठाईदिन्छु भन्दै १० लाख बढी ठगी गर्ने सुजन पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-७ घर भई हाल काठमाडौंको कागेश्चरी मनोहरा नगरपालिका-१ सानटारी बस्ने सुजन पुरी रहेका छन् ।

पक्राउ परेको पुरीले भुमिराज राईलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि क्यानडा पठाई दिने भन्दै १० लाख ८५ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पुरीले मासिक २ लाख रुपैयाँ कमाई हुने भन्दै राईसंग १५ लाख रुपैयाँ मागेका थिए । पुरी ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुरीलाई आज सानटारीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पुरीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077