Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी कुँवरसहित उच्च अधिकारी कोरिया प्रस्थान, थापालाई निमित्त आईजीपीको जिम्मेवारी

    आईजीपी कुँवरसहित उच्च अधिकारी कोरिया प्रस्थान, थापालाई निमित्त आईजीपीको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ ।

    कोरिया अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका) को निमन्त्रणमा सात उच्च प्रहरी अधिकारी सोमबार कोरिया भ्रमणमा गएका हुन् । भ्रमण टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकासराज खनाल र फणीन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल छन् ।



    साइबर सुरक्षा तथा साइबर अपराधको नियन्त्रणमा कोरिया सरकारले गरेका कामको विषयमा अध्ययन गर्न महानिरीक्षक नेतृत्वको टोली कोरिया गएको बताइएको छ । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरे ।



    उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ ।

    साथै साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।

    महानिरीक्षकको भ्रमणको अवधिमा एआइजी दीपककुमार थापालाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार