Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेम्वाङको निधनप्रति एमाले सचेतक बर्तौला भन्छन् - हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेम्वाङको निधनसँगै एउटा अभिभावक गुमाएको बताएका हुन् ।

‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङज्यू,' उनले लेखेका छन् ।

हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077