Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

    नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

    मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व।नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए ।



    हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि लैजाने बित्तिकै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।



    नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । गत राष्ट्रपतिको निर्वाचनमा नेम्वाङ उम्मेदवार बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार