Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुखको शोक वक्तव्य – नेम्वाङको निधनबाट संसद्ले‌ अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो

    सभामुखको शोक वक्तव्य – नेम्वाङको निधनबाट संसद्ले‌ अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको संसद्ले‌ अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।

    संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले यस्तो बताएका हुन् । उनले अप्रत्यासित निधनले आफू मर्माहित भएको बताए ।



    नेम्वाङको निधनबाट प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको सभामुख घिमिरेको भनाइ छ। ‘दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ घिमिरेले आफ्नो शोक सन्देशमा लेखेका छन्।



    प्रतिनिधि सभा सदस्य, एमाले उपाध्यक्ष एवम् संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको हो । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

    नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । गत राष्ट्रपतिको निर्वाचनमा नेम्वाङ उम्मेदवार बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार