Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्डले डाके मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

    नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्डले डाके मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै छ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका हुन्।

    मन्त्रिपरिषद्‌को बैठकले नेम्वाङको अन्तिम संस्कार र सरकारका तर्फबाट दिइने सम्मानबारे निर्णय गर्नेछ । यस्तै, नेम्वाङको निधनको शोकमा बिदा दिनेबारे विषयमा पनि निर्णय हुन सक्ने छ ।



    प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको हृदयघातबाट मंगलबार बिहान १ः३० बजे निधन भएको हो ।

    नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार