Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्डले डाके मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

काठमाडौं । मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै छ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद्‌को बैठकले नेम्वाङको अन्तिम संस्कार र सरकारका तर्फबाट दिइने सम्मानबारे निर्णय गर्नेछ । यस्तै, नेम्वाङको निधनको शोकमा बिदा दिनेबारे विषयमा पनि निर्णय हुन सक्ने छ ।

प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको हृदयघातबाट मंगलबार बिहान १ः३० बजे निधन भएको हो ।

नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077