Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।

बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ​ ।

सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ। नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077