Online Nepal
  • शनिबार, १० साउन २०८२
  • झलनाथ खनालले भने – पार्टी विभाजनप्रति नेम्वाङ निकै दु:खी हुनुहुन्थ्यो

    झलनाथ खनालले भने – पार्टी विभाजनप्रति नेम्वाङ निकै दु:खी हुनुहुन्थ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

    शोक वक्तव्य निकाल्दै खनालले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।



    खनालले भनेका छन्,’सुवासचन्द्र नेम्बाङ एउटा सरल स्वभावको मृदु भाषी नेता हुनुहुन्थ्यो । वहाँ एउटा कुशल सांसद हुनुहुन्थ्यो । निकै लामो समय वहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो । संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’

    आफूले नै नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्दै उनले आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गरेका छन् ।

    एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दुस्खी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार