Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय

    राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय

    अन्त्येष्टिका दिन सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।



    नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।



    सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

    पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार