Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा, ओलीले ओढाए पार्टीको झण्डा

    नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा, ओलीले ओढाए पार्टीको झण्डा

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

    नेम्वाङको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगञ्जबाट ल्याएर पार्टी कार्यालयमा राखिएको हो। आज दिनभर एमाले पार्टी कार्यालयमा नेम्वाङको शव श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयले जनाएको छ।



    पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।



    अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका थिए । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको हिजो राति हृदयाघातका कारण निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार