Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेम्वाङको सपना अधुरो रह्यो : सापकोटा

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेम्वाङको सपना अधुरो रह्यो : सापकोटा

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् ।

    नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै सापकोटाले यस्तो बताएका हुन् ।



    संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले बताए ।

    सापकोटाले भने,‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो । यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पुरा नभएको अत्यन्तै दुखित छु।’

    नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संसद्मा पनि उनले सन्तुलित भूमिका खेलेको बताए । एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार