Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुनसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

    हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो ।



    दोङले उतैबाट सुन बोकेर आएका थिए । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।



    त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार