Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्रीसहित च्यासल पुगे शीर्ष नेता

    नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्रीसहित च्यासल पुगे शीर्ष नेता

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

    नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू अहिले च्यासलस्थित एमाले पार्टी कार्यालयमा पुगेका हुन् ।



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।



    May be an image of 4 people

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् ।

    May be an image of 1 person and dais

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार