Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुवास नेम्वाङको शोकमा सर्‍यो प्रतिनिधिसभा बैठक

    सुवास नेम्वाङको शोकमा सर्‍यो प्रतिनिधिसभा बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 744
    SHARES

    काठमाडौं । भोलिको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा संसद बैठक सारिएको हो ।

    बुधवार दिउँसो १ बजे बस्ने तय भएको बैठक बिहीवार ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।​​



    सूचनामा भनिएको छ,’संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १स्०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३स्०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’



    संघीय संसदका महासचिव डाभरतराज गौतमका अनुसार बिहीवार बस्ने बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार