Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङप्रति प्रतिनिधिसभामा बिहीबार शोक प्रस्ताव राखिने

    नेम्वाङप्रति प्रतिनिधिसभामा बिहीबार शोक प्रस्ताव राखिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 675
    SHARES

    काठमाडौं । संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति प्रतिनिधिसभाले बिहीबार शोक व्यक्त गर्ने भएको छ ।

    प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको हो।



    सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् ।



    सूचनामा भनिएको छ,संविधानसभा अध्यक्ष,’पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको । शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ ।’

    नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार