Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने

    नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने भएको छ ।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको हो ।



    उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने तय भएको छ । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ । बिहीबार सरकारी कार्यालयमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।



    श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार