Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणको फाइल बन्द नहुने सीआईबी प्रमुख बज्राचार्यको दाबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६०किलो सुन तस्करी प्रकरणमा ३२ जनालाई पक्राउ गरिएको जनाएको छ ।

बुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सीआईबी प्रमुख एवं अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले उक्त कुरा बताएकी हुन् ।

तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।  जसमा २३ जना नेपाली र ९ विदेशी रहेको सीआईबी प्रमुख वज्राचार्यले बताईन् । त्यसमध्ये अझै १८ जना फरार छन् ।

त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । प्रमुख बज्राचार्यले सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरी पनि खुल्ने बताईन् ।

आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजाने सीआईबी प्रमुख बज्राचार्यले जानकारी दिइन्। प्रमुख बज्राचार्यले भनिन्,‘अहिले हामीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान सकिएको छैन।

फेरी पनि अनुसन्धान हुने छ र पूरक अभियोग पत्र लगिने छ।’ उनले सीआईबीका ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सीआईबीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।

तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077