Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रेडी ट्रेडले ३०२ किलो सुन तस्करी गरेको सीआईबीको निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी)ले कम्पनी रेडी ट्रेडर्सले ३०२ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।

सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको हो । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।

त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले उक्त कुरा बताएकी हुन् । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।

विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।

सीआईबी प्रमुख बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए ।

त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077