Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करीमा नेपाली र विदेशी नागरिक संलग्न रहेको सीआईबीको दाबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीमा नेपाली र विदेशी नागरिकहरू संलग्न रहेको उल्लेख गरेको छ ।

सीआईबीले बुधबार गरेको पत्रकार सम्मेमलनमा ६० किलोलगायतका सुन तस्करीमा यस्तै गिरोह संलग्न रहेको बताएको हो ।

ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको  सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको सीआईबी अनुसन्धानमा छ ।

दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको सीआईबी अनुसन्धानबाट खुलेको छ । दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेको सीआईबीले बताएको छ ।

आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । अदालतमा मुद्दा दर्ता भएपनि निरन्तर अनुसन्धान भइरहने सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् ।

सीआईबी प्रमुख बज्राचार्यका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ ।

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077