Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने थापामाथि कारबाही गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लागेका मोहनजंग थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविको कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।

एक टेलिभिजनसँगको अन्तरवार्तामा पूर्वसांसद श्रेष्ठले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा रहेको बताएका थिए ।

सोही विषयलाई लिएर रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

रास्वपाका प्रवक्ता डा मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मन्त्री बनाउन ३ करोड रूपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाए ।

विज्ञप्तिमा भनिएको छ, ‘विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077