Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरणमा रुक्मिनासहित ६ जनालाई प्रतिवादी नबनाउन सीआईबीको राय

काठमाडौं । सुन तस्करी प्रकरणमा रुक्मिना सुब्बासहित ६ जनालाई प्रतिवादी कायम नगर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले राय दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउँदै ब्युरोले तस्करीमा संलग्न नदेखिएका ६ जनालाई प्रतिवादी नगर्न राय दिएको हो ।

रुक्मिना सुब्बा भन्सार एजेन्ट हुन् । राजस्व अनुसन्धान विभागले पक्रेर सुब्बालाई अनुसन्धान सुरु गरेको थियो । तर, उच्च अदालत पाटनको आदेशमा उनी साउन १० मा रिहा भएकी थिइन् ।

[insert page='239162' display='yopanipadhnuhos.php']

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन सहित पक्राउ परेका ट्याक्सि चालक अशोक लामालाई पनि प्रतिवादी कायम नगर्न प्रहरीले सिफारिस गरेको छ ।

बा२ च २३२४ नम्बरको ट्याक्सिबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । कोटेश्वरबाट पक्राउ गरिएका राजन श्रेष्ठ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङलाई प्रतिवादी कायम गर्न नहुने सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा राय दिएको छ ।

नक्सालबाट पक्राउ गरिएको नरेश भन्ने सुरेन्द्रले सुन तस्करलाई गोदाम खोजिदिएको अनुसन्धानबाट खुलेको छ ।प्रतिवादी कायम नगर्न सिफारिस गरिएका ६ जनामध्ये ५ जना थुनामा छन् । रुक्मिना मात्रै थुना बाहिर छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077