Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ ।

मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो।

मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो। सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र इभरेष्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077