Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई ४ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं । अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई थुनामा राख्न अनुमति दिएको छ ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएकोमा बुधबार चार दिन थप भएको हो ।

ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077