Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पक्राउ परेका सबैविरुद्ध मुद्दा नचल्ने

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

सिआइबीले बुधवार जिल्ला सरकारी वकिलको कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सुन तस्करी प्रकरणमा सीआइबीले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ । ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो ।

जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको छ ।

सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ ।

हङकङबाट ब्रेकप्याडमार्फत आएको अवैध सुन साउन ३ मा सिनामंगलबाट बरामद राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077