जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले संघीयता खारेज हुनसक्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले यसे बताएका हुन् ।
उनले देशमा संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशंका व्यक्त गरे ।
संघीयताको भविष्यलाई लिएर अहिले निर्णयमा पुग्ने स्थिति नरहेको उनको भनाई छ । उनले आमजनता र मुलुकका लागि फलदायी बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
यस्तै उनले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको आरोप लाएका छन् । सरकारले गर्ने राम्रो वा नराम्रो कामले भविष्य निर्धारण गर्ने उनको भनाई छ ।