Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा

    नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 660
    SHARES

    काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा उनको अत्येष्टि गरिन लागेको हो ।

    सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।



    यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।



    सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार