Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट तस्करी भएको सुन प्रकरणमा एक जना भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको खुलेको हो ।

६० किलो सुन प्रकरणका प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बतायो । साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६० किलो ७ सय १६ ग्राम सुन बरामद भएपछि चिनियाँ नागरिक योङसिन भारत भागेका थिए ।

उनलाई भारतको सशस्त्र सीमा बल(एसएसबी)ले साउन ३ गते पश्चिम बंगाल सिलिगुढीबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । योङसिनमाथि सोधपुछ गर्दा नेपाली नागरिकता देखाएका थिए।चेकजाँच गर्दा उनीबाट चिनियाँ पासपोर्ट र अन्य कागजात बरामद भएको थियो।

योङसिनले काठमाडौंको टोखामा गोदाम हेर्ने गर्थे। उनी पनि यस ६० किलो सुन प्रकरणमा मुख्य व्यक्तिमध्येका एक देखिएका छन्। सीआईबीले सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकेर बुधबार काठमाडौं सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

अनुसन्धानको क्रममा ५० जनाको संलग्नता खुलेको सीआईबीले जनाएको छ। तर कतिपयको पूर्ण यकिन हुने ठेगाना समेत नखुलेको हुँदा २९ जनालाई मात्रै प्रतिवेदन कायम गरी अदालतमा मुद्दा पेश गर्न सिआइबीले राय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077