Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ढाकाकुमारमाथि आक्रमण भएको गलत हल्ला फैलाउने व्यक्ति प्रहरीको फन्दामा

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहा बस्ने वर्ष ३५ को सूर्यबहादुर रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने भ्रमपूर्ण कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।

डा. श्रेष्ठले समाजमा अराजकता, आत्म सम्मानमाथी आघात पुर्‍याउने गरी भ्रम फैलाउने र आफ्नो जीउ ज्यानको सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा एंव अनर्गल प्रचार गरेको भन्दै प्रहरीको साइबर क्राइम नियन्त्रण ब्यूरोमा उजुरी दिएका थिए । उनीमाथि थप अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077