Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसीसी यू–१९ प्रिमियर कपका लागि नेपालको २४ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको छ ।

टोलीमा यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरिएको छ ।

यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् ।

यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन् ।

यसैगरी सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव पनि यू–१९ टिमको प्रारम्भिक टोलीमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077