Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसियन गेमका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । चीनको हाङझाउ सहरमा हुने एसियन गेमका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

१५ सदस्सीय टोलीमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् ।

यस्तै, आसिफ शेख, विबेक कुमार यादव, विनोद भण्डारी, अविनास बोहरा,सोमपाल कामी, प्रतिस जिसी र सन्दिप जोरा पनि नेपाली टोलिमा छन् ।

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।

एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदै छ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ। २०२२ मा चीनमा हुने तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो।

एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077