Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • स्थापित पार्टीहरुले काम गर्न नसकेपछि मान्छेले राप्रपालाई माया गर्न थाले : झलनाथ खनाल

    स्थापित पार्टीहरुले काम गर्न नसकेपछि मान्छेले राप्रपालाई माया गर्न थाले : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजमा अराजक गतिविधि बढेको बताएका छन् ।

    समाजवादीनिकट सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।



    नेता खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गरे।

    नेता खनाल भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानाशाही शासन गरेको होइन उनीहरुले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरुले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरुले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरुले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो ।’

    सरकार कुहिरोको कागजस्तो दिशाहिन अवस्थामा रहेको नेता खनालको भनाई छ ।  उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने बताए ।

    राप्रपाले काठमाडौंमा त्यत्रो जुलुस निकाल्दा कांग्रेस र एमालेले आँट गर्न नसकेको उनको दाबी छ। जनसरोकारका सवाललाई सम्बोधन गर्न सरकार चुकेको भन्दै नेता खनालले वर्तमान सरकार मुलुकलाई निकास दिन असफल भएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार