Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोठाबाटै कल सेन्टर चलाएर रकम असुली गर्ने मिलन थापा पक्राउ

काठमाडौं । कोठाबाटै कल सेन्टर संचालन गरी रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–७ का २० वर्षीय मिलन थापा रहेका छन् ।

थापा हाल काठमाडौंस्थित कीर्तिपुरको पाँगामा बस्दै आएका थिए ।

किर्तिपुर नगरपालिकास्थित पाँगा क्षेत्रमा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको सूचनाका आधारमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ३,७०० थान सिम कार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरूका २७ थान नागरिकतासहित पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077