काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पछिल्लो अन्तर पार्टी निर्देशनप्रति असहमति व्यक्त गरेका छन् ।
नेता खनालले बिहीबार जारी भएको पार्टीको अन्तरपार्टी निर्देशनप्रति असहमति जनाएका हुन् ।
नेता खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनलाई ‘कोत पर्व’को संज्ञा दिए ।
उनले केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको बताए ।
नेता खनालले अध्यक्ष नेपालले जारी गरेको अपानीलाई ‘एकदमै खतरनाक’को संज्ञा दिए ।