Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको ‘अपानि’बारे झलनाथद्धारा असन्तुष्टी व्यक्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पछिल्लो अन्तर पार्टी निर्देशनप्रति असहमति व्यक्त गरेका छन् ।

नेता खनालले बिहीबार जारी भएको पार्टीको अन्तरपार्टी निर्देशनप्रति असहमति जनाएका हुन् ।

नेता खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनलाई ‘कोत पर्व’को संज्ञा दिए ।

उनले केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको बताए ।

नेता खनालले अध्यक्ष नेपालले जारी गरेको अपानीलाई ‘एकदमै खतरनाक’को संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077