Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउँछु

    एमाले अध्यक्ष ओलीले भने – योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउँछु

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 4.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताएका छन् ।

    भक्तपुरमा आयोजित ‘बा सँग बालबालिका’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरे।



    May be an image of 2 people, lighting, dais and text

    अध्यक्ष ओलीले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’

    May be an image of 2 people and dais

    ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताए । उनले यसबीचमै नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याएर सहयोग गर्ने समेत बताए ।

    May be an image of 8 people and textMay be an image of 8 people, dais and text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार