Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संविधान दिवस मनाउन कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार गरेको छ ।

कांग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो ।

पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको कांग्रेसले जनाएको छ ।

संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिकसहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077