Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार सिरानचोक गाउँपालिका-४ स्थित अमराईमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

ठक्करबाट स्थानीय २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको हो।

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको ग १ ख ९७३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याइएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरूङलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077