Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

    सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।



    शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो।



    भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार