Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै हो : विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताएका छन् ।

आइतबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । नेता निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताए ।

नेता निधिले भने,'अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ । पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।'

उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताए । वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो ।

राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077