Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता

    ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो ।



    जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए । विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते ब्रेक सूमा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।

    राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना कर्मचारीहरू, चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना प्रहरी हिरासतमा छन्।

    सरकारी वकिल कार्यालयले पनि कुल ३६२.७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ। ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो। ३५ दिन अनुसन्धान गरेपछि सीआइबीले गत बुधबार सरकारी वकिल कार्यालयमा पेश गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार