Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृष्णहरि पुष्कर पुनः अर्थ सचिवमा नियुक्त

काठमाडौं । सरकारले अर्थ सचिवमा डा. कृष्णहरि पुष्करलाई सरुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

२० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो ।

उनी यसअघि २६ साउन २०७९मा पनि अर्थसचिव नियुक्त भएका थिए । यस्तै अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077