Online Nepal
  • शनिबार, १० साउन २०८२
  • तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु

    तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 3.2K
    SHARES

    पाल्पा । तीजमा नाच्ने क्रममा भएको विवादपछि पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका २ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिटबाट २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो ।

    कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    प्रहरीका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुनः कुटाकुट भएको बताइएको छ ।

    झगडा तथा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार