Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । राहदानी विभागले आजबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ।

राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

राहदानी विभागले सूचना निकालेर अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानी छनोट गरी आवेदन दिन अनुरोध गरेको छ।

३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि विभागले ६६ पृष्ठको वितरण गर्दै आएको थियो।

३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको विभागले ३४ पृष्ठको राहदानी सकिएपछि ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077