Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोकिएको बिपी साहित्य महोत्सवका कार्यक्रम बुधबार हुने

काठमाडौं । नेपाली कांग्रेसले स्थगित बिपी साहित्य महोत्सव असोज ३ गते गर्ने भएको छ।

संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो।

भाद्र २४ र २५ गते दुई दिन भएपछि संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।

कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते बिहान १०:३० बजेदेखि साँझ ५:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

उक्त दिन बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा महोत्सवमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077