Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिम ‘डुप्लिकेसन’ गरी ६ लाख ठगी गर्ने दिवाली पक्राउ

काठमाडौं । प्रहरीले सिम ‘डुप्किकेसन’ गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका घर भई हाल गोकर्णेश्वर-२ नयाँपाटीमा बस्दै आएका २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

दिवालीले मोबाईल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरीसोहि मोबाइल नम्बरबाट ६ लाख २ हजार ५५८ रुपैयाँ गठी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

दिवालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077