Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने चार लुटेरा पक्राउ

काठमाडौं । शृंखलाबद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने चार जनालाई नेपाल प्रहरीको टोलीले पक्राउ गरेको छ ।  सडक किनाराबाट पैदल हिँडिरहेकी महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

मोटरसाइकलको प्रयोग गरेर उनीहरूले सिक्री लुटपाट गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न मोटरसाइकल चालक बागबजार घर भएका ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने पर्सा घर भएका ४८ वर्षीय अनवर हुेसन अन्सारी, सुन बिक्रीमा सहयोग गर्ने भारतको पश्चिम बङ्गाल भएका ४७ वर्षीय शक्ति भौमिक र सुन किन्ने भारतकै महाराष्ट्रका बासिन्दा ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

गत भदौ २५ गते काठमाडौंको कुलेश्वर आवास क्षेत्रमा सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे घर भएकी अप्सरा श्रेष्ठको घाँटीमा लगाइरहेको २ तोला बराबरको सुन लुटिएको थियो ।

यस विषयमा अनुसन्धान गर्दै जाँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समूहका चार जनालाई पक्राउ गरिएको प्रवक्ता तथा एसपी रवीन्द्र रेग्मीले बताए।

उनीहरूलाई असोज १ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी रेग्मीले बताए । उनीहरूलाई सुन तथा प्रमाण लाग्ने अन्य सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077