Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापान पठाइदिने भन्दै २ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् ।

उनीहरूले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै पटकपटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले जापानमा जान पीडितलाई १५ लाख भए पुग्ने बताएका थिए। त्यहाँ कुकको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको खुलेको हो।

पीडितबाट रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। उक्त पत्राचारपछि प्रहरीले दुई जनालाई मंगलबार घट्टेकुलोबाट पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077