Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गणेश पक्राउ

    तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गणेश पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीले तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-७ स्थाई घर भई हाल काठमाडौं-१५, स्वयम्भू बस्दै आएका ४२ वर्षीय गणेशबहादुर सिंह रहेका छन्।



    उनले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीका लागि तान्जानिया पठाइदिन्छु भनेर रकम लिएर फरार भएका थिए।

    ठगी गरेर फरार भएका उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।

    उनलाई आज काठमाडौंको सितापाइलाचोकबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार