Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गणेश पक्राउ

काठमाडौं । प्रहरीले तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-७ स्थाई घर भई हाल काठमाडौं-१५, स्वयम्भू बस्दै आएका ४२ वर्षीय गणेशबहादुर सिंह रहेका छन्।

उनले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीका लागि तान्जानिया पठाइदिन्छु भनेर रकम लिएर फरार भएका थिए।

ठगी गरेर फरार भएका उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।

उनलाई आज काठमाडौंको सितापाइलाचोकबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077