Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

महतोले नेपाल क्रिकेट संघ (क्यान)को अनुमति लिएर अष्ट्रेलियन लिग खेल्न फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् ।

उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ । उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन् ।

फास्ट बलर किशोर हालै एसिया कपका लागि नेपाली टिममा परेका थिए । तर, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077