Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ । यसअघि २ असोजका लागि तय भएको बैठक आजदेखि पार्टी कार्यालय सानेपामा शुरू हुन लागेको हो ।

बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका काम कारबाहीबारे समीक्षा हुनेछ । त्यस्तै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

२०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ । यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकले दुईरदुई महिनामा नियमित बस्ने तालिका अनुसार नै बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077