Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अभ्यासका क्रममा क्रिकेटर राजवंशी घाइते

काठमाडौं । क्रिकेटर ललित राजवंशी घाइते भएका छन्।

उनी चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा घाइते भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुक पेजमा उल्लेख गरेको छ,'चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी घाइते भएका छन्। घाइते भएर काँधको हड्डी/क्लोज्ड राइट क्याल्भिकल फ्याक्चर) भाँचिएकोले आज शल्यक्रिया गर्ने तयारी गरिएको छ।'

राजवंशी घाइते भएपछि आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077